>
सुनसरी । हरिनगर गाउँपालिकाले दुई महत्वपूर्ण वन व्यवस्थापन तथा संस्था दर्ता नियमन विद्येयक २०८० पारित गरेको छ ।
पालिकाको गाउँसभाको १४औं अधिवेशनमा सतप्रतिशत बहुमतले हरिनगर गाउँपालिकाको स्थानीय वन व्यवस्थापन विद्येयक २०८० र हरिनगर गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि विद्येयक २०८० पारित भएको हो । पालिकाका उपाध्यक्ष रिमझिम भगतले पेश गरेको सो विद्येयकलाई सतप्रतिशत गाउँसभा सदस्यहरुले पारित गरेका थिए ।
जिल्ला वन कार्यालय,सुनसरीमा दर्ता भई रहेका सामुदायिक वनहरु अब हरिनगर गाउँपालिकाको स्थानीय वन व्यवस्थापन विद्येयक २०८० बमोजिम बन उपभोक्ता समिति गठन भई कानुन बमोजिम काठ दाउरा संकलन ,बिक्री वितरण तथा वनको व्यवस्थापन गर्नका लागि स्थानीय बन समुह दर्ता गर्न बाटो खुलेको हो । यसै गरि जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने गैर सरकारी संस्थाहरु अब पालिका भित्र दर्ता तथा नियमनका विद्ययेक २०८० सतप्रतिशत गाउँसभा सदस्यहरुले पारित गरेका छन् । पारित यी दुवै हरिनगर गाउँपालिकाको राजपत्र मा प्रकाशित भएको दिन देखि कानुनको रुपमा लागु हुने पालिका प्रशासनले जनाएको छ ।
>>