मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार २५ असार २०८१
पत्रकारितामा नयाँ प्रविधि र युट्युवसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव

ATN khabar

इटहरी  ।     बिर्तामोडमा पत्रकारहरुका लागि सञ्चालित पत्रकारितामा नयाँ प्रविधि र युट्युवसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

 प्रेस काउन्सिल नेपालको आयोजना र नारी सञ्चार गृह झापाको संयोजनमा सञ्चालित कार्यक्रमको दोस्रो दिन आज काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालनामा जोड दिंदै पेशामा आफूलाई अब्बल बनाउन सके पत्रकारितामा भविष्य पनि राम्रो रहेको बताए । पत्रकार जनताका स्थायी प्रतिनिधि रहेको उल्लेख गर्दै बस्नेतले पेशामा निखार ल्याउन सुझाए ।

 बिषय  बस्तुमाथि सहजीकरण गर्दै बस्नेतले युट्युवले समाजको समेत मन खिचेको बताउँदै युट्युव सञ्चालकले अपनाउनुपर्ने सावधानी, फेक न्यूजले समाजमा पार्ने असर, युट्युव सञ्चालकले भ्युजका लोभमा राख्ने गरेका हेडिङ, फेक न्यूज प्रशारण गर्ने युट्युव च्यानललाई काउन्सिलले गर्दै आएको निगरानी, नियन्त्रण र कारवाही जस्ता विषयमा जानकारी दिएका थिए ।

त्यस्तै प्रेस काउन्सिलका बोर्ड सदस्य गणेश पोखरेलले पत्रकार आचारसंहिता र समाचार तथा पत्रपत्रिकामा जानेर वा नजानेर प्रयोग हुँदै आएका लैङ्गिक हिंसात्मक शब्दहरुका बारेमा उदाहरणसहित सहजीकरण गरेका थिए ।

त्यस्तै नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले महिला पत्रकारको अवस्था र मुद्दाका विषयमा प्रस्तुतीकरण गरेको कार्यक्रममा नारी सञ्चार गृह झापाका बारेमा संस्थाकी अध्यक्ष रेजिना गौतमले प्रकाश पारेकी थिइन् ।

अनौपचारिक रुपमा समापन गरिएको तालिममा सहभागिहरु नारी सञ्चार गृह झापाकी अध्यक्ष सावित्रा दाहाल, गणेशमान मुखिया, ज्ञानेन्द्र निरौला, रमा दाहाल, सुप्रिया राई, रुमा रिजाल, राजेन्द्र गौतम, सुब्रत न्यौपाने, खगेन्द्र घिमिरे कार्यक्रम उपलब्धीमूलक रहेको प्रतिक्रिया दिंदै आगामी दिनमा प्रविधि सम्बन्धी तालिमलाई अझ जोड दिन आग्रह गरे ।

यस अघि शनिवार सम्पन्न पत्रकारितामा नयाँ प्रविधिमा र चुनौतिका बारेमा नसना बज्राचार्य र लीलाराज भट्टराईले सहजीकरण गरेका थिए । तालिममा मोरङ, सुनसरी, इलाम र झापाका पत्रकारहरुको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया

सम्बन्धित समाचार