मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २२ वैशाख २०८०
रास्वपाले समर्थन फिर्ता लिएपछि के हुन्छ सरकार ?

ATN khabar

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट फिर्ता लिएकाे छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तर समर्थन गर्दै आए पनि रास्वपाले शुक्रवार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे हो । रास्वपाले १० पुसमा सरकार बनेदेखि नै सरकारलाई दिएकाे समर्थन कायम राखेकाे थियाे ।

यस अघि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका कारण विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले फेरि पनि विश्वासको मत लिनुपर्ने भएको छ । ६ चैतमा प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका थिए । उपस्थित २६२ सांसदमध्ये प्रचण्डले १७२ मत पाएका थिए । विपक्षमा ८९ मत खसेको थियो ।

बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा प्रचण्डले सहजै बहुमत प्राप्त गरेका थिए । ​ रास्वपा समेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रचण्डले उपस्थित २६२ सांसदमध्ये १७२ को समर्थन पाएका थिए । जसमा कांग्रेस, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, दुई स्वतन्त्र सांसद र जनमोर्चा थिए । प्रचण्डविरुद्ध एमालेका ७९, राप्रपाका १४ सांसदमध्येबाट ८९ मत परेको थियो । केही सांसद अनुपस्थित रहे ।

प्रचण्डलाई विश्वासको मत दिएकामध्ये २१ सीट भएको रास्वपाले फिर्ता लिएको छ । अब ६ सिट भएको जनमतको समर्थन कायम भए पनि सरकारबाट बाहिर छ।

प्रचण्डले विश्वासको मत पाएको १७२ मा यी दुई दलको २७ सिट घटाउँदा पनि अझै १४५ सांसदको समर्थन प्रचण्डलाई कायम हुने देखिन्छ । अर्थात्, असन्तुष्ट दलले साथ छाड्दा पनि प्रचण्ड बहुमतभन्दा ७ सिट माथि नै रहनेछन् ।

तर कानून अनुसार उनले तेस्रोपटक पनि विश्वासको मत भने लिनुपर्नेछ । बहुमतभन्दा थोरै मतले मात्रै माथि रहेकोले सरकार टिकाइराख्न भने चुनौतीपूर्ण हुने देखिएको छ । समर्थन कायममा विश्वास जोगाइराख्न कांग्रेस, जसपा, नेकपा एस, लोसपासहितको समर्थन पाइराख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार