>
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । ७ विकेटले नेपालले यूएईलाई हराउँदै एसिया कपमा आफ्नो स्थान बनाएको हो ।>
उपाधि जितेसँगै नेपालले अब एसिया कपमा विश्व विजेता भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालका लागि गुल्सन झाले सर्वाधिक योगदान गरे । गुल्सनले ८४ बलमा ६७ बनाएर नटआउट रहे ।>
यूएईका आसिफ खानले ५४ बलमा ४६ रन बनाएका थिए । नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पछ्याएको थियो ।>
>
नेपालका कुशल भुर्तेल ८ बलमा एक रन बनाएर आउट भए । आसिफ शेख १० बलमा ८ रन जोडेर आउट भए । कप्तान रोहित पौडेल ९ बलमा १ रन जोडेर आउट भए । त्यसपछि आएका भीम सार्की ७२ बलमा ३६ रन बनाएर नटआउट रहे । भीम र गुल्सनको पार्टनरसीप अत्यन्तै उत्कृष्ट थियो ।>
कप्तान पौडेल आउट हुँदा नेपाली क्रिकेट प्रेमीहरुले भगवान पशुपतिनाथको नाम लिएका थिए । फाइनल खेलमा यूएई ३३ ओभर १ बलमा १ सय १७ रनमा अलआउट भयो । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो ।>>