बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
>नेपाली
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९
बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । इनरुवा
नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला
सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए । >
>
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सुनसरी काङ्ग्रेसको जिल्ला सम्मेलन कार्यक्रममा विभिन्न कालखण्डमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै पार्टीका सभापति देउवाले विभिन्न ब्यत्तित्वहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको छ । >
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको विचार र आदर्श कुरा सदैव अनुकरणीय रहेको बताउनुभएको छ ।>
>
नेपाली काँग्रेस सुनसरीले बिपी स्मृति दिवसको अवसरमा आज इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बिपी कोइरालासहित स्वर्गीय गिरिजा प्रसाद कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा वर्तमान पुस्ता अघि बढ्नुपर्ने बताउनुभयो ।>