मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार १९ फाल्गुन २०७९
खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल

ATN khabar
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् ।

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत वर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षणसमेत गरका थिए । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलब्ध गराउनेछ ।

उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराए । उनले जाइका निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने दाबी गरे । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए ।  

यसैबीच, मेयर कोइरालाले शुक्रबार नै यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाई, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुवात गरेको बताएका थिए । मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकारहरु प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको सुनाए । कोइरालाले समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि मेयर कोइरालाले सेपिदाहसित खुलेर कुरा गरेका थिए । उनले विराटनगर भ्रमणको निम्तोसमेत दिए । सो अवसरमा सेपिदाहले आफू विराटनगर आउन इच्छुक रहेको बताएकी थिइन् । छिट्टै विराटनगर आएर स्थानीय वस्तुस्थिति बुझ्ने प्रतिबद्धता जनाइन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार