मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार २३ फाल्गुन २०७९
मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रचण्डविरुद्ध मुद्दा हालियो : डा. भट्टराई

ATN khabar
सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरूको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भीर षडयन्त्र भइरहेको उल्लेख गरे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम भएको बताएका छन् ।

अध्यक्ष भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरूको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भीर षडयन्त्र भइरहेको उल्लेख गरे । उनले त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गरे ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढ्न नदिएको र हाल आएर सामान्य निहुँ बनाएर प्रधानमन्त्रीमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति जनाए ।

शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भीर बन्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो । उनले अदालतप्रति सम्मान गर्ने पटक पटक दोहो-याउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्क समेत गरे ।

उनले भने, ‘द्वन्द्वकालीन मुद्दाहरुको निरूपण गर्नका निम्ति र द्वन्द्व पीडितहरूलाई परिपूरण दिनको निम्ति सत्य निरूपण तथा बेपत्ता आयोगको जुन व्यवस्था गरिएको थियो । त्यसलाई विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिने र हुँदाहुँदै त अहिले एउटा सामान्य निहुँ बनाएर बहालवाला प्रधानमन्त्री, जो शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता नै हुनुहुन्छ । उहाँलाई एउटा सामान्य निहुँ बनाएर उहाँलाई गिरफ्तार गरेर मुद्दा चलाउन सक्ने भन्ने ढंगको चाहिँ एउटा अदालती प्रक्रिया अघि बढेको छ । अव यो झट्ट हेर्दा सामान्य लाग्न सक्छ । तर यो अत्यन्त गम्भीर प्रकृतिको विषय छ । हामी सम्मानित अदालतप्रति अनादर गर्ने हाम्रो कुनै मनसाय छैन । हामीले अदालतको सम्मान गर्नु पर्छ, हामी गर्छौँ । तर हाम्रो शान्ति प्रक्रिया चाहिँ संविधानको एउटा अङ्ग थियो । र, त्यस अन्तरगतनै हाम्रो संविधानमै व्यवस्था भएको सत्य निरूपण तथा बेपत्ता तथा मेलमिलाप आयोगमार्फत यो द्वन्द्वकालीन मुद्दाको निरूपण गर्ने भन्ने जुन व्यवस्था छ । ती मुद्दाहरिको निरूपण गर्ने भनेको सत्य निरूपण तथा मेलमिलाप आयोगले हो ।’

अध्यक्ष भट्टराईले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता समेत औँल्याए । उनले महिलाहरूको नाममा नागरिकता बनाउने कुरा अझै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार