>
ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका, स्वास्थ्य शाखाले क्षेत्रिय पोषण अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हरिनगर गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि शिक्षा, स्वास्थ्य , कृषि , पशु , लगायत क्षेत्रलाई समेटेर सबै जनतालाई स्वस्थ्य सन्तुलित आहार खानका लागि उत्प्रेणा दिई हरिनगरबासीहरुलाई कुपोषणको शिकार हुनबाट जोगाउनका लागि बहुक्षेत्रिय पोषण कार्यक्रम सञ्चालन हुँदै आएकोमा सोही सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । >
हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , वडाध्यक्षहरु ,कार्यपालिका सदस्यहरु , विषयगत शाखाका प्रमुखहरु , पत्रकारहरु समेतको उपस्थिति रहेको थियो ।
>>