मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

मिटरब्याजी आन्दोलनमा बितेका अस्मरणीय क्षण

ATN khabar
सरकारले मिटरब्याजी सन्दर्भमा हामीले सोचेको एउटा इमान्दार, कर्तब्यनिष्ठ तथा निस्वार्थ नेपाली जजको सयोकत्वमा आयोग गठन गरेपछि हाम्रो आन्दोलनले विराम लियो ।

रामरिझन यादव 

सरकारले मिटरब्याजी सन्दर्भमा हामीले सोचेको एउटा इमान्दार, कर्तब्यनिष्ठ तथा निस्वार्थ नेपाली जजको सयोकत्वमा आयोग गठन गरेपछि हाम्रो आन्दोलनले विराम लियो । तर आन्दोलन पूर्णत: थामिएन । म शान्तिबाटिका पुगेर त्यसप्रति एक्यबद्धता जनाउदै हिजो डेरा घर फर्के ।

यसबीचमा मैले प्रथम राष्ट्रपति डा रामबरण यादव, डा भगवान कोइराला, पूर्व मुख्य सचिव दामोदर गौतम, प्राडा पारसनाथ यादव, गाधीवादी प्रो आनन्द आदित्य, डा विजय मिश्रलगायत केही व्यक्तित्वहरूलाई भेटे । चैत 2 गते विमार लक्ष्मीलाई एक्लै विराटनगरमा छोडेर बर्दीबासमा मिटरब्याजी विरूद्धको पैदल मार्चपासको शुभारम्भ गर्न हिडेका यो बन्दा 23 दिनमा के के गरे भन्ने कुराको फेहरिस्त सार्वजनिक गर्न चाहन्छन । सम्भवत: नेपाली समाजका लागि थोडै पनि निस्वार्थ योगदान पुर्याउने इच्छुक व्यक्तिको लागि यो एउटा शिख वा नजिर हुन सक्ला ।

मुटु अप्रेअशनको करण पैदल हिड्नु सहज नभएकोले म दुईदिनपछि हरिवनबाट मूलघर सिरहाको सन्हैठा फर्के । तर यता पनि साथीहरूले मेरो सोच र विचारका( 8 वर्ष पहिले प्रमको सल्लाहकार भएको बेला क्यापसस्थापनार्थ बैठक गरेको र निरन्तर दबाब दिदै आएको ) अनुसार हुलाकी सडकमा पर्ने बरियारपट्टीमा एउटा क्याम्पस स्थापनार्थ विष्णुमहायग्यको तयारी गरिसकेका रहेछन । एक करोड रूपैया पनि सन्कलन भैसकेका रहेछ ।तर क्यापस कहा स्थापना गर्ने भन्ने जग्गा हात लगेको थिएन ।त्यो पनि दुई दिनभित्र 2 विगहा 2 कट्ठा किनियो ।यति हुदा हुदै पनि क्यापस शिल्यानास गर्न प्रधानमन्त्री आउन सकेनन । त्यो साताभरि क्याम्पस निर्माणमा बित्यो ।

त्यतिबेलासम्म दुख र कष्टको पहाड झेल्दै पैदल यात्रु काठमाण्डौको मातातिर्थ पुगिसकेको रहेछन । चैत 12 गते क्यापसको शिल्यानास तय थियो । साझसम्म त्यही बसे । चैत 13 गते 2 बजे मातातिर्थ पुग्दा साथीहरू मेरो प्रतिक्षामा थिए । यो 13 गतेदेखि 20 गतेसम्म काठमाण्डौमा हामीले जे गेर्यौ त्यसबारे लेख्नु पर्दा एउटा पुस्तक तयार हुन्छ ।अर्थात काठमाडौं लाई हामीले हल्लाएकै हो । सोचेभन्दा बढी सफल्ता हात पार्यौ । आयोग बन्यो । नियम कानुन बन्ने भो । तर 6 महिनापश्चात काठमाण्डौ पुगेकोले कमला पूलको दुर्दशाले घचघचाई रह्यो ।यस सम्बन्धमा चासो लिन थालेका नेका सान्सद रामकृष्ण यादवकहा पुगे र 22 गते मधेशमिडिया हाउसमा अन्तरकृया गर्ने निश्चय भयो, जसमा सप्तरीसिरहा र धनुषाका प्राय: सबैलाई आमन्त्रण गरे । तर दुईजनाबाहेक ( सान्सद रामकृष्ण र दिनेश यादव) कोही आएनन ।

सम्भबत: सन्सद अधिवेशन 23 गतेदेखि भएकोले धेरैजसो व्यक्ति उपत्यका बहिर थिए । यद्दपि, सडक विभागका महानिर्देशक, हुलाकी सडक योजनाका निर्देशक , ठेकेदार र पत्रकार आएपछि औडियन्स थोडै भएपनि कार्यक्रम गुणात्मक भयो । कमला पूलको पुनर्निमाण एक वर्षपछि धकेलियो भन्ने कुरा यो गोष्ठीबाट थाहा पाए ।

लेखक मेरो परम गुरु हुनु हुन्छ । वहाँ पत्रकारिता जगतको एक धरोहर व्यक्तित्व हुनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार