>
ताविल अन्सारी
सुनसरी । सीमावर्ती हरिनगर गाउँपालिकाका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम संचालन भई रहेको छ ।
नेपाल सरकारको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम अन्र्तगत हरिनगर गाउँपालिकामा पनि फागुन २० गते देखि २७ गते सम्म खोप लगाउने कार्य भई रहेको हो । >
>
हरिनगर गाउँपालिका स्वास्थ्य शाखाले जनाए अनुसार यस पालिकामा ४४ वटा खोप केन्द्र राखेर ५ वर्ष मुनिका ५५१३ ,विद्यालयका विद्यार्थीहरु ११८५६ जना र ९ वर्ष देखि १५ वर्षका १७३६९ जना बालबालिकाहरुलाई १९३२ भाइल खोप लगाउने लक्ष्य रहेको छ । १ खोप केन्द्रमा २ जना खोप लगाउने व्यक्ति , ३ जना स्वयम्सेवकको व्यवस्था गरिएको छ । हरिनगर गाउँपालिकाको वडा नं.मा १ मा ७ वटा खोपकेन्द्र , २मा ७ वटा खोप केन्द्र , ३ नम्बरमा ३ वटा खोप केन्द्र ४ नं.बडामा ७ वटा खोपकेन्द्र , ५ नं.वडामा ५ वटा खोपकेन्द्र ,६ नं. वडामा ५ वडा खोपकेन्द्र र ७ नं.वडामा ६ वटा खोपकेन्द्र गरि जम्मा ४४ वटा खोपकेन्द्रको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिनु भयो । यस खोप कार्यक्रममा स्वास्थ्यकर्मीहरु , विद्यालयका शिक्षकहरु , महिला स्वयम्सेविकाहरु परिचालन गरिएको छ भने कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस् व्यापक प्रचारप्रसार , माइकिंग तथा घरदैलो अभियान समेत गरिएको स्वास्थ्य शाखा प्रमुख थापामगरले बताउनु भयो ।>
> >>