मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

कोशी नाम परिवर्तन गर्न चौतर्फी दबाब, एमालेमा पनि छलफल सुरु

ATN khabar

मोरङ । गोत्रको आधारमा एकल जातीय नाम कोशी राखिएकै दिनदेखि प्रदेशमा आन्दोलन एकपछि अर्को चर्किन्दै गएको छ । 
२०७९ फागुन १७ गते ‘डकैती शैली’मा कोशी नाम राखेको भन्दै सो विरुद्ध आन्दोलन भएको करिब ७ महिना बितेको छ । असार, साउन जस्तो मध्ये बर्खामा पनि आन्दोलन रोकिएन । यो याममा अन्य कहिल्यै आन्दोलन भएको थिएन । 
जनताको भावना विपरित एकै दिनमा नाम कोशी राखिएपछि पहिचान वादीहरुले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरेर प्रदेशको १४ जिल्लामै आन्दोलन गरिरहेका छन् । 
२०८० साउन ३० गते झापाको बिर्तामोडमा लाठीसहित १५ सय बढी युवाहरुले प्रदर्शन गरेभने असोज २ गते हजारौको मोटरसाइकल ¥याली बिराटनगरमा प्रदर्शन भयो । 
पछिल्लो यो दुई वटा कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी (७ घटक)का अध्यक्ष केपी पालुङ्वा,  पहिचानको लागि युवाको केन्द्रीय समिति संयोजक भीम राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए । सबैको झण्डै एउटै उद्घोष थियो, आन्दोलन सँधै शान्तिपूर्ण भइरहँदैन । 
आन्दोलनको अर्को घटक देशभक्त समाजवादी मोर्चाको संयोजक गोपाल किराती(पूर्ब मन्त्री), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेकपा (एस)का नेता कृष्ण चोङ्बाङ लगायतले आक्रमक मन्तब्य दिदै आएका छन् । 
आन्दोलनरत घटक संगठन जसपा सम्बद्ध किराती राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, नाउपाका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, माओवादी सम्बद्ध किरामुमो र लिरामुमो लगायत ४१ वटा घटक आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार