ताविल अन्सारी
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नं.१ पराष्टटोकीमा हुन लागेको मंसिर ७,८,९ गतेको इज्तेमाको कार्यक्रम स्थगित गरिएको इज्तेमा आयोजक समितिले जनाएको छ ।
आयोजक समितिद्धारा जारी गरिएको पत्रमा मिति २०८० मंसिर ६ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी , दुहवी नगरपालिकाका नगर प्रमुख , सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलबाट हाल इज्तेमा कार्यक्रमका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । यस कार्यक्रमलाई लक्षित गरि देश विदेशबाट पाल्नु भएका सम्पूर्ण धर्मगुरु लगायत पाहुनाहरुलाई पर्न गएको असुविधा प्रति आयोजक समितिले क्षमायाचना समेत गरेको छ । >
>>