मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार खेल १४ पौष २०७९
हरिनगर गाउँपालिका सुनसरीमा अध्यक्ष उपाध्यक्ष कप छात्रा व्याडमिटन प्रतियोगिता शुरु

ATN khabar
हरिनगर । सुनसरीको दक्षिणी भेगमा अवस्थित हरिनगर गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष कप छात्रा ब्याडमिटन प्रतियोगिता शुरु भएको छ ।

हरिनगर । सुनसरीको दक्षिणी भेगमा अवस्थित हरिनगर गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष कप छात्रा ब्याडमिटन प्रतियोगिता शुरु भएको छ । जाकात फाउडेसन,हरिनगर ६को आयोजना र हरिनगर गाउँपालिकाको आर्थिक सहयोगमा सो छात्रा ब्याडमिटन प्रतियोगिता संचालन भएको हो ।

संचालन भएको पालिका स्तरीय छात्रा ब्याडमिटन प्रतियोगितामा पालिका भित्र रहेका ८ वटा विद्यालयका छात्राहरुले भाग लिएका छन् । प्राप्त जानकारी अनुसार  हरिनगर मा.वि. हरिनगर , श्री मा.बि. बसन्तपुर हरिनगर ५ , श्री बालकृष्ण मा.वि. हरिनगर १ , होली लाइफ स्कुल , विद्यापती एकेडमी , एभरेष्ट पब्लिक ,नेशनल आइडियल स्कुलका छात्राहरु सहभागि रहेका छन् । 

आज सो प्रतियोगिताको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले खेलकुद स्वास्थ्यका लागि अपरिहार्य रहेकाले छात्राहरुको यस प्रकारको प्रतियोगिताले उनीहरुमा पनि खेलकुद प्रतिको उत्साह र जाँगर बढ्ने बताउनु भयो । यसै गरि अतिथिका रुपमा सहभागि पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतले खेलकुद विकासका लागि पालिका अग्रसर रहेको र खेलकुदमा छात्राहरुको रुचिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । सो अवसरमा श्री बाल कृष्ण मा.वि.का प्रध्यानाध्यापक नजाम अन्सारी , हरिनगर मा.वि. का प्र.अ. बलराम मण्डल, शिक्षा तथा खेलकुद शाखाका प्रतिनिधि अजित कुमार मल्लिक , इलाका प्रहरी कार्यालय हरिनगरका इन्चार्ज विकास खत्री , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , स्वास्थ्य शाखा प्रमुख प्रकाश थापामगर लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार