काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो।>
>
चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्।>
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।>>