>
हरिनगर गाउँपालिका सुनसरीको १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ । >
>
चालु आ.व. २०८०।०८१को विनियोजित बजेटमा संशोधन सहितको परिमार्जित गरिएको बजेटलाई गाउँअधिवेशनले पारित गरेको हो । बसन्तपुर हरियाली बनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ १५औं गाउँ अधिवेशन सो बन क्षेत्र भित्र गरिएको पालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिनु भएको छ ।>