>
सुनसरी । सुनसरीको दक्षिणी भेगमा रहेको एक मात्र २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार केन्द्रको प्रदेश साँसद इसराइल मन्सुरीले निरीक्षण गर्नु भएको छ । >
>
सुनसरी निर्वाचन क्षेत्र नंं४ ख का प्रदेश साँसद इसराइल मन्सुरीले एक महिना अगाडी यस आकस्मिक उपचार केन्द्रको उदघाटन गर्नु भएको थियो भने आकस्मिक उपचाकेन्द्रको अवस्था, सेवा को ताजा जानकारी लिनका लागि वहाँले निरीक्षण गर्नु भएको हो । >
हरिनगर गाउँपालिका सुनसरीले हुलाकी राजमार्ग संचालनमा आए सँगै बढदो सडक दुर्घटना , इर्मजेन्सी सेवा नभई बिरामीहरुलाई बिराटनगर लगायत अन्य ठाउँमा लैजान समय लागेकाले बिरामीहरुको बाटो मै मृत्यु समेत हुने गरेकाले पनि प्राथमिक उपचार केन्द्र हरिनगरमा २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार केन्द्र संचालन गरिएको हो । >>