मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार २ वैशाख २०८०
विराटनगर भन्सार नाकामा अवैध रकम सहित ९ जना शसस्त्र प्रहरी प्रक्राउ

ATN khabar
विराटनगर भन्सार नाकामा अवैध रकम असुली कार्यमा संलग्न ९ जना शसस्त्र प्रहरी प्रक्राउ परेका छन् ।

विराटनगर भन्सार नाकामा अवैध रकम असुली कार्यमा संलग्न ९ जना शसस्त्र प्रहरी प्रक्राउ परेका छन् । शसस्त्र प्रहरीको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले परिचालन गरेको विशेष प्रहरी टोलीले नयाँ बर्ष २०८० सालको पहिलो दिन शुक्रबार अवैध रकम असुली कार्यमा संलग्न ९ जना शसस्त्र प्रहरीलाई प्रक्राउ गरिएको छ ।

नेपाल भारतको सिमान्त रानी नाका स्थित विराटनगर भन्सार कार्यालयको यात्रु शाखा अगाडी अवैध रकम असुली गरिरहेको ९ जना शसस्त्र प्रहरीलाई अवैध रकम सहित रंगेहात प्रक्राउ गरिएको छ । जोगबनी बजारबाट किनमेल गरेर विराटनर फर्किरहेका सर्वसाधारण सहित व्यापारी सँग अवैध रकम असुली गर्ने गरेको सूचनाको आधारमा डिआईजी पोखरेलले डिउटीमा खटिएका ९ जना शसस्त्र प्रहरीलाई अवैध रकम सहित प्रक्राउ गर्न सफल भएको छ ।

उनीहरुलाई शसस्त्र प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय पकली सुनसरी पुर्‍याइएको छ । र कारवाहीको प्रक्रिया अगाडी बढाईएको शसस्त्र प्रहरी कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । शसस्त्र प्रहरी बल टंकिगढका प्रमुख एसपी तिर्थ थापाले घटनाको बारेमा आफुलाई थाहा नभएको भन्दै जिम्मेवारीबाट उम्किए ।

शसस्त्र प्रहरी कार्यालय विराटनगरबाट प्रत्येक दिन विराटनगर भन्सार कार्यालयको यात्रु शाखा अगाडी १ र २ नं. ढाटमा १० जना शसस्त्र प्रहरी ड्यूटिमा तैनाथ गरिएको हुन्छ । बिहान ड्यूटिमा खटिएको टोली १२ बजे फिर्ता हुन्छ । र १२ बजेपछि ड्यूटीमा खटिएको टोली बेलुकासम्म ड्यूटि गर्ने गरेको । शुक्रबार १२ बजेपछि ड्यूटिमा आएको टोलीलाई डीआईजी पोखरेलले परिचालन गरेको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको थिए ।

प्रतिक्रिया