मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

समाचार राष्ट्रिय समाचार २७ कार्तिक २०८०
इज्तेमा प्रतिको रोक फुकुवा गराउन नेपाली काँग्रेस सभापति देउवा र मुस्लिम आयोग सँग अनुरोध

ATN khabar
सभापति देउवाले यो धार्मिक कार्यक्रम रहेकाले कुनै पनि बहानामा रोक्न नहुने बताउँदै प्रधानमन्त्रि प्रचण्डसँग कुरा गर्ने आश्वासन दिएको प्रतिनिधि मण्डलमा सहभागि नेपाली काँग्रेसका युवा नेता ,महाधिवेशन प्रतिनिधि डा. अबुल हुसैन अन्सारीले बताउनु भएको छ ।

ताविल अन्सारी

सुनसरी । नेपाल सरकारले रोक लगाएको सुनसरीको इज्तेमा कार्यक्रम फुकुवाका लागि सुनसरीबाट काठमाण्डौ गएका मुस्लिम अगुवा नेताहरुले पहल थालेका छन् ।

मुस्लिम समुदायको विशुद्ध धार्मिक कार्यक्रम सुचारु गराउनका लागि मुस्लिम अगुवा नेताहरुले राजनितिक भेटवार्ता गरेर पहल थालेको हो ।

हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार मियाँ अन्सारीको अध्यक्षतामा रहेको सो प्रतिनिधि मण्डलले नेपाल काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्रि शेर बहादुर देउवालाई भेटेर धार्र्मिक कार्यक्रम इज्तेमा सुचारु गराउन पहल गर्न अनुरोध गरेका छन् । सभापति देउवाले यो धार्मिक कार्यक्रम रहेकाले कुनै पनि बहानामा रोक्न नहुने बताउँदै प्रधानमन्त्रि प्रचण्डसँग कुरा गर्ने आश्वासन दिएको प्रतिनिधि मण्डलमा सहभागि नेपाली काँग्रेसका युवा नेता ,महाधिवेशन प्रतिनिधि डा. अबुल हुसैन अन्सारीले बताउनु भएको छ । यसै गरि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग पनि भेटेर पहलका लागि अनुरोध गरेका छन् । अध्यक्ष समिम मियाँ अन्सारीले पनि धार्मिक कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग पहल गर्ने आश्वासन दिएका छन् ।प्रतिनिधि मण्डलमा सुनसरीका मुस्लिम अगुवा नेताहरु कोशी प्रदेश साँसद हाजी इसराइल मन्सुरी , हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी , कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी , नेपाली काँग्रेसका नेताद्धय डा. अबुल हुसेन अन्सारी , हाजी अब्दुल मियाँ राइन , मेहदी हसन , नेकपाएमालेका नेता तैयब मियाँ राइन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार