मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १० फाल्गुन २०७९
वराहक्षेत्रमा महिलालाई उद्यमी बनाउन प्रेरित गर्दै नगरपालिका

ATN khabar
वराहक्षेत्र नगरपालिका महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले बिभिन्न तालिमहरु सञ्चालन भईरहेका छन् ।

सुनसरी । वराहक्षेत्र नगरपालिका महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले बिभिन्न तालिमहरु सञ्चालन भईरहेका छन् ।

महिलालाई स्वरोजगार संगै उद्यमी बनाउनकालागि सिलाई कटाई , जुत्ता चपल , डल, कुशल, बनाउने प्राबिधिक सीप बिकास तालिमहरु नगरपालिकाले सञ्चालन गरेको हो ।

नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० सालको बार्षिक स्वीकृत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा २४ जना र वराहक्षेत्र ६ मा ६ जना गरेर ३० जना महिलालाई उक्त सिलाई कटाई तालिम प्रदान सञ्चालन भईरहेको छ ।

त्यस्तै वडा नं ९ मा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम ( मेड्पा) अन्तर्गतनै प्राबिधिक सीप विकास डल, कुशल, बनाउने तालिम १६ जना र प्राबिधिक सीप बिकास जुत्ता चपल बनाउने तालिम १६ जनालाई प्रधान भईरहेको वराहक्षेत्र नगरपालिकाका सामाजिक विकास शाखाका प्रमख अरुण मेहताले बताए ।

मेहताका अनुसार गरिब तथा बिपन्न महिलाहरुलाई घरमै बसेर आम्दानि गर्न सक्ने सीप दिने उदेश्य साथ प्राबिधिक सीप बिकास तालिम अन्तरगत आधारभुत सिलाई कटाई तालिम २ महिनासम्म र अरु तालिम १५-१५ दिन सञ्चालन हुनेछ ।

महिलाहरुले सिकेको सिपलाई व्यवहारिक रुपमा प्रयोग गराउन नगरपालिका सहयोग गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । सिलाई कटाइवाट स्वरोजगारसंगै उद्यमी समेत बन्न सकिने र जुत्ता चपलको साना सना घरेलु उद्योग खोलेर उद्यमी समेत बन्न नगर प्रमुख कार्कीले सहभागीहरुलाई प्रेेणित गरेका थिए ।

निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका अन्य वडाहरुमा पनि यस्तै सीप मुलक तालिमहरु सञ्चालन गरिने योजना रहेको प्रमुख प्रसाशकिय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार