मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र

ATN khabar
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको अवस्थामा देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरिएकोे छ । ज्ञापनपत्रमा जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति पलायनबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ । विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिवाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरिएको छ ।

यसैगरी सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै आफू समस्या समाधानका लागि सबै सरोकार पक्षसँग छलफल गर्ने बताउनुभयो । उहाँले बजार भाउलाई नियन्त्रण गर्न नीतिगत रुपमा नै आवश्यक परिवर्तन गरी जनजीविका सहज गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ ।उक्त अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत शीर्षनेताको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार