सुनसरी ।गाउँपालिका राष्ट्रिय महासंघको दोस्रो अधिवेशनबाट कोशी प्रदेशको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा कोशी गाउँपालीका गाउँकार्यपालिकाको कार्यालयले अध्यक्ष आदरणीय ऐयुब अन्सारीलाई सम्मान गरेको छ । उहाँलाई कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सुरप्रसाद दंगालले लगायतले सम्मानपत्र सहित सम्मान गरिएको हो । >
सुनसरीको नेपाली काँग्रेस भित्र युवा पंक्तिमा लोकप्रिय नेताको रुपमा परिचित पालिका अध्यक्ष एयुब अन्सारी कोशी गाउँपालिकाको दोस्रो कार्यकालको लागि पुन: निर्वाचित हुनु भएको थियो भने गाउँपालिका राष्ट्रिष् महासंघ कोशी प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा र्निविरोध निर्वाचित भएको हो ।
>>>