मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर

ATN khabar
गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर

गाईजात्रा पर्वप्रति नयाँपुस्ता बेखबर जस्तै भएका छन् ।

काठमाडौं उपत्यका सांस्कृतिक संग्रहालय हो । विश्वका पर्यटक आकर्षित गर्ने पहिलो दृश्य भनेकै काठमाडौंका सांस्कृतिक सम्पदा हुन् । तर नयाँपुस्ताले मर्म आत्मसात नगर्दा गाईजात्राका यी दिनहरुमा समेत शहरको वातावरण खल्लो देखिने गरेको छ ।

नेवार समुदायको संस्कार र संस्कृतिले काठमाडौं उपत्यकाको साख उच्च छ । सांस्कृतिक मात्र हैन, पर्यटकीय दृष्टिले पनि उपत्यकाको संस्कृति र चालचलनले विशेष महत्व राख्दछ । तर वर्षेनी संस्कार र संस्कृति रंगहीन बन्दै गएको अनुभव यहाँका बासीन्दाले गरेका छन् ।

गाईजात्रा लाग्ना साथ शहरमा देखिने भीड दुर्लभ बनेको छ । नागपञ्चमी, गाईजात्रा हुँदै इन्द्रजात्रामा देखिने रौंनक अहिले पूरै सेलाएको छ । टोलटोलमा देखिने लाखेनाच दुर्लभ हुँदै गएको छ । कतैकतै मात्र लाखेको दृश्य देख्न पाइन्छ ।

दिवंगत आत्माको चिर शान्तिका लागि मनाउने गाईजात्रामा पनि परिमार्जित भएको छ । गाईजात्रामा गाईलाई सजाएर ल्याउने परम्परा पनि एकादेशको कथा बन्दै गएको छ ।

अघिल्लो पुस्ताले तानतुन गरेपनि पछिल्लो पुस्ता यी सबै कर्मप्रति बेखबर छ । अझ विदेश जाने संस्कृति बढ्दा त्यसको प्रभाव चाडपर्वमा देखिने गरेको छ । संस्कृतिलाई समयानुकूल परिमार्जन गरी नयाँपुस्तालाई सहभागी गराउनेतर्फ सबै पक्षको ध्यान जान आवश्यक छ

प्रतिक्रिया

सम्बन्धित समाचार