मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

लागुऔषध दुव्र्यशन तथा सडक दुर्घटनाबारे ट्राफिक सचेतना कार्यक्रम हरिनगरमा सम्पन्न

ATN khabar

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी र हरिनगर गाउँपालिकाको सहयोगमा “एक विद्यालय, एक कार्यक्रम” अन्तर्गत औषध दुव्र्व्यसन विरुद्ध सचेतनामूलक र सुरक्षित सडक प्रयोगका लागि ट्राफिक चेतना कार्यक्रम सम्पन्न भएको छ।
हरिनगर गाउँपालिका वडा नं ४ स्थित मदरसा रिजविया जैशिया मस्दुल धार्मिक विद्यालयमा कार्यक्रमको उद्घाटन गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले यस प्रकारका कार्यक्रमहरूले युवापुस्तामा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले  “शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यो कार्यक्रम अत्यावश्यक छ।” बताउनु भयो ।
प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक सविना लिम्बुले लागु औषधको दुव्र्यसन का नकारात्मक प्रभावहरूका बारेमा जानकारी दिइन्। उनले विद्यार्थीहरूलाई औषधिको प्रयोगबाट हुने स्वास्थ्य समस्याहरू र सामाजिक असमानताको बारेमा सचेत गराउँदै भने, “तपाईंहरू भविष्यका नेतृत्वकर्ता हुनुहुन्छ, त्यसैले स्वस्थ र जिम्मेवार जीवनयापन गर्न आवश्यक छ।”

ईलाका प्रहरी कार्यालयका नायक निरीक्षक शिब कुमार शर्माले सुरक्षित सडक प्रयोगका लागि ट्राफिक चेतना प्रशिक्षण दिएको जानकारी दिनु भयो।

कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो, जसले गतिविधिमा सक्रिय भाग लिए। विद्यालयका प्रधानाध्यापक अजाद मियाले भने, “यो कार्यक्रमले हाम्रो विद्यार्थीहरूमा जागरूकता र जिम्मेवारीको भावना जगाउनेछ” भनेर आशा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार