ताविल अन्सारी
इनरुवा । सुनसरी जिल्लामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले यहि फाल्गुन २१ गते देखि अगामी चैत्र १ गते सम्म सञ्चालन गरिने दादुरा रुबेला विरुद्ध खोप अभियानको तयारी पूरा भएको जनाएको छ । >
सुनसरीमा दादुरा(रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३खोप लगाउने बुथ निर्धारण गरिएको छ भने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले बताएका छन्। खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताउनुभयो । खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको बताउनुभयो । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।
>>