>
सुनसरी । रामनवमी पर्व मनाउने क्रममा जनकपुरमा एक मस्जिद अगाडी नारा जुलुस र ढुंगा प्रहारको घटना विषयमा हिन्दु र मुस्लिमका अगुवा तथा स्थानीय प्रशासन समेतको अगुवाईमा आपसी भाइचारा कायम राख्ने यस्तो घटना घटन नदिन सचेत रहने समझदारीका साथ प्रतिबद्धता जाहेर गरेका छन् । >
>
शताब्दीयौं देखि कायम रहदै आएको धार्मिक सहिष्णुतालाई धार्मिक द्धन्द फैलाएर आफना अभिष्ट पुरा गर्न केही उछृङखल समुहले मचाएको उपद्रोबाट जनकपुरको माहोल तनाबग्रस्त बनेको थियो । खासगरि भारतीय उछृङखल समुह जो विभिन्न संघ संगठनका नाममा उपद्रो मच्चाउन अहिले सकृय रहेका छन् । नेपाललाई हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाका लागि धमिलो पानीमा माछा मार्ने उदेश्यका साथ छिमेकी मुलुकबाट घुस्पैठ भई उपद्रो मच्चाउने गरेको रहस्य खुल्न आएको छ । यता सुुनसरीको रामनगर भुटाहामा पनि ती तत्वहरुले उपद्रो मच्चाउने षडयन्त्र गरि रहदा सुनसरी प्रशासनको कडा निगरानी र चेतावनीका कारण घटना घटाउन असफल रहेको जानकारहरु बताउँछन् । भुटाहा लगायत छिमेकी पालिका र भारत तर्फका २ दर्जन भन्दा बढि गलत मनसाय बोकेकाहरुको गोप्य सुचि स्थानीय प्रशासनले तयार गरी उनीहरुमाथि निगरानी बढाएको एक विश्वस्त सुत्रले जानकारी दिएका छन् । >>