मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |
मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार ब्लग २६ कार्तिक २०८०
*जाे कहिल्यै हारेनन्*

ATN khabar

*जाे कहिल्यै हारेनन्*

~~~~~~~~~~

नाम : माे. ताहिर मियाँ

माता : बसिरन खातुन

पिता : दाेस्त महमद मियाँ

जन्म : वि.सं. २ जेठ, २००२, हरिनगर गाउँपालिका, वडा नं.-२, सुनसरी (साविक रामनगर भुटहा-७)

मृत्यु : वि.सं. १२ भदाै, २०८०

शिक्षा : सामान्य

पेसा : राजनीति

दल : नेपाली काँग्रेस

जिम्मेवारी : क्षेत्रीय सभापति (सुनसरी ४)

ओहदा : प्रदेश सभा सदस्य । गाविस अध्यक्ष

~~~~~~~~~~~~~~~~~~

नागरिकता अनुसार माे. ताहिर मियाँको जन्म वि.सं. २००१ साल जेठ २ गते एउटा सामान्य किसान परिवारमा भएकाे थियाे । यद्यपि, भनिन्छ उनी अझ ५-६ वर्षपहिले नै जन्मेका थिए । तत्कालीन माेरङ, हाल सुनसरी जिल्लाकाे रामनगर भुटहा गाविसकाे वडा नं. ७, हाल हरिनगर गाउँपालिका वडा नं. २ का वासिन्दा दोस्त महमद मियाँका पत्नी बसिरन खातुनको काेखबाट उनकाे जन्म भएकाे थियाे ।

उनकाे परिवारमा पाँच दाजुभाइ, एक बहिनी र आमाबुवा गरी जम्मा आठ सदस्य थिए । उनी परिवारका जेठा छाेरा थिए । वि.सं. २०२१ मा उनकाे घरबाट एक मील दक्षिणमा पर्ने विक्रमपुर भन्ने बस्तीकी सहीरा खातुनसँग इस्लामी विधिअनुसार उनकाे निकाह भएकाे थियाे । त्यस बखत उनी १९ वर्षका थिए । उनका पाँच छोरा र दुई छोरी छन् । उनका सवै सन्तान वैवाहिक जीवनमा बाँधिइसकेका छन् । उनका आठजना नाति र नाैजना नातिनी छन् । उनका सवै छोराहरू भिन्दै भिन्दै व्यवसायमा सक्रिय छन् । जेठा छाेरा सलामुद्दीन अन्सारी उनकाे राजनीतिक विरासत सम्हाल्दै नेपाल सरकारकाे जागीर छाेडेर राजनीतिमा सक्रिय छन् ।

ताहिर मियाँले भारतमा सामान्य शिक्षा हासिल गरेका थिए । त्यस समय भुटहामा विद्यालय उपलब्ध थिएन ।

राजनीतिक यात्रा

°°°°°°°°°°°°°°°°°

सुधारिएकाे निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय प्रजातान्त्रिक व्यवस्थाकाे लागि वि.सं. २०३६ सालमा जनमत सङ्ग्रह भइरहेकाे बेला ताहिर मियाँ बहुदलकाे पक्षमा नेपाली कांग्रेससँग जाेडिन पुगेका थिए । त्यति बेला उनी ३४ वर्षका थिए ।

उनी निर्वाचनसँग नडराउने साहसी युवा थिए । भुटहामा त्यस बखत पञ्चेहरूकाे बाेलवाला थियाे । वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीका लागि भएकाे आन्दाेलनमा उनी भुटहामा सक्रिय थिए । त्यस बेला भुटहा इलाकामा माैलाना लतीफ, अमीन मियाँ

माैलाना लतीफ, अमीन मियाँपछि ताहिर मियाँ, माैलाना हनीफ, नक्छेदी अन्सारी, लुराे मन्शी शाह, नजमुल मरर, सराज अन्सारी (घुस्की), गुजाई अन्सारी उनका समकालीन मुस्लिमहरू काँग्रेसमा सक्रिय थिए । उनीसँग बढी सहकार्य गर्नेमा तैयब मियाँ र भिखारी मण्डल आदि पनि पर्छन् ।

देशव्यापी रूपमा भएकाे सशक्त आन्दाेलनले गर्दा वि.सं. २०४६ सालमा प्रजातन्त्रकाे पुनर्बहाली भयाे । वि.सं. २०४७ सालमा नयाँ संविधान जारी भयाे । वि.सं. २०४८ सालमा स्थानीय निर्वाचन भयाे । ताहिर मियाँ त्यस निर्वाचनमा रामनगर भुटहा गाविसकाे अध्यक्षकाे उम्मेद्वार हुन चाहे । पार्टीले उनलाई टिकट दिएन । उनी महत्वाकाँक्षी थिए । उनमा इच्छाशक्ति थियाे । जनताकाे साथले उनलाई स्वतन्त्र उम्मेद्वार भई चुनाव लड्न प्रेरित ग-याे । उनले गाविस अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिए । जनताले उनलाई जिताए । उनी पाँच वर्ष गाविस अध्यक्षकाे रूपमा काम गरे । स्थानीय वासिन्दाहरूकाे सुखदु:खमा उनी साथ रहन्थे । त्यही भएर वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले उनलाई गा.वि.स. अध्यक्ष पदकाे टिकट प्रदान ग-याे । उनी लाेकप्रिय थिए । फेरि चुनाव जिते । यसपछि उनकाे जीवनचर्यामा निकै परिवर्तन आयाे । समाजमा हुने झैँझगडा, लेनदेन, पारिवारिक विवाद आदि मिलाउन उनी खप्पिस थिए । मानिसहरू न्यायकाे लागि उनकाे घर पुग्थे । साँझ-बिहान उनकाे आँगनमा मानिसहरू आउन थाले । उनले पक्ष-विपक्षबीच मेलमिलाप गराए । वि.सं. २०५४ पछि २०७३ सम्म स्थानीय तहकाे निर्वाचन भएन । यस लामाे अवधिमा उनकाे दैनिकी समाजसेवामा बित्याे । हरिनगरमा उनकाे लाेकप्रियता र समाजसेवाकाे अझ प्रसार भयाे । समाजमा उनकाे दबदबा कायम थियाे । उनकाे पहिचान नै पञ्चायतीबाट हुन गयाे ।

वि.सं. २०७२ सालमा संविधान सभामार्फत् नेपालमा नयाँ संविधान आयाे । नयाँ संविधानले देश संघीयतामा गयाे । तीन तहकाे संसद र कार्यपालिकाकाे व्यवस्था भयाे । वि.सं. २०७४ सालमा संघीय र प्रादेशिक संसदकाे निर्वाचन भयाे । वि.सं. २०७४ सालको यस निर्वाचनमा प्रदेश सभा सदस्यकाे प्रत्यासी बन्न नेपाली काँग्रेसबाट उनले टिकट पाए । उनी सुनसरी जिल्लाकाे प्रादेशिक निर्वाचन क्षेत्र नं. ४(ख) काे उम्मेद्वार बने । ७२ वर्षकाे जीवनकाे उत्तरार्द्धमा संसदीय उम्मेद्वार बन्दा उनले जनतासँग मत माग्ने शैली अनाैठाे थियाे । उनी शारीरिक रूपमा कमजाेर भइसकेका थिए । सुस्तरी बाेल्थे । जनताकाे घरदैलाेमा मत माग्न जाँदा कुनै तामझाम हुँदैनथ्याे । प्राय: दुईजना मात्र पुग्थे र दुई हात जाेडेर मत माग्थे । सुनसरीकाे यस भेगकाे निर्वाचन निकै महङ्गाे हुने गर्दछ तर उनले सरकारी मापदण्ड मिचेनन् र कुनै तामझाम गरेनन् । उनका प्रतिद्वन्द्वीलाई कतिपयले भने, 'याे ठान्नुस् कि तपाईं अर्काे गिरिजासँग प्रतिस्पर्धा गर्नुहुँदैछ ।' अन्ततः नेकपा माओवादीका उम्मेद्वार तत्कालीन राज्यमन्त्री माेहम्मद जाकिर हुसैनलाई पराजित गर्दै उनी प्रदेश नं. १ (हाल काेशी) काे प्रदेश सभा सदस्य भए । प्रदेश सांसद भएर उनले गरेकाे काम उल्लेखनीय नभए पनि उनी आजीवन निर्वाचन जित्ने नेताकाे रूपमा दर्ज भए; कहिल्यै हारेनन् । उनले संसार परित्याग गर्नुभन्दा ९ महिनाअघि अर्काे संसदीय निर्वाचन सम्पन्न भयाे तर उनले टिकटकाे चाहना राखेनन् ।

ताहिर मियाँ निस्वार्थी, त्यागी र इमानदार छविका सालिन नेता थिए । उनी दुईपटक नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. ४ काे क्षेत्रीय सभापतिमा विजय भएका थिए । सुनसरी काँग्रेसकाे उथलपुथललाई चिर्दै उनले त्याे क्षेत्रकाे नेतृत्व गरेका थिए । उनी सुनसरीकाे सीमावर्ति दक्षिणी क्षेत्रमा काँग्रेसकाे एउटा पिलरकाे रूपमा चिनिए । गुटकाे राजनीति झाँगिदा पनि उनी कहिल्यै विचलित भएनन् जबकि उनकाे आन्तरिक शक्तिलाई कमजाेर पार्न पटक पटक प्रयासहरू भए ।

राजनीतिक रूपमा हेर्दा जनप्रिय, नेपाली काँग्रेसप्रतिकाे निष्ठा तथा लगाव, राजनीतिक निरन्तरता, सक्रियता र वरिष्ठता - यी सबैका बावजुद सांगठनिक रूपमा उनी निर्वाचन क्षेत्रकाे सभापतिभन्दा माथि उक्लन सकेनन् । सामान्यतः मुस्लिम राजनीतिकर्मीहरूले देशभर याे दशा भाेगेका छन् । नेतृत्व विकासकाे काेणबाट नियाल्दा ताहिर मियाँले पार्टीभित्र अझ धेरै माथिकाे जिम्मेवारी पाउनुपर्ने नेता हुन् ।

ताहिर मियाँकाे घरमा नेपाली काँग्रेसका ठूला नेताहरू पनि आउँथे । शेरबहादुर देउवा, रामचन्द्र पाैडेलजस्ता नेताहरू उनकाे घर आए ।

आम जीवन

°°°°°°°°°°°

ताहिर अन्सारी मध्यम वर्गका थिए । उनकाे विवाह १९ वर्षकै उमेरमा भएकाेले उनीमाथि जिम्मेवारी बढ्याे । उनकाे घर भुटहादेखि नजिककाे भारतीय नाकाकाे दुरी ४-५ किमी मात्र थियाे । नेपाल भारतीय उत्पादनमा निर्भर भएकाेले भारतबाट मालसामान खरीद गरी नेपालका पसलहरूमा बेच्ने व्यसाय गरेर सयाैँ मानिसहरू गुजारा गर्थे । ताहिर मियाँले पनि याे व्यवसाय गरे । यसबाट श्रीमती र बच्चाहरूकाे गुजारा चल्थ्याे । उनी कृषि पेसामा पनि थिए; व्यवसायका साथै धान, गहुँ आदि उत्पादन पनि गर्थे । उनले सन्तानहरूलाई शिक्षा पनि दिलाए । यद्यपि उनका सवै सन्तान शिक्षित हुन सकेनन् ।

उनी जीवनकाे प्राैढावस्थामा मस्जिदसँग जाेडिएका थिए । उनी नियमित दैनिक पाँचपटक सलात अदा गर्न मस्जिदमा देखिए । धार्मिक कार्य र दानमा उनकाे रुचि बढेकाे थियाे । उनी प्राैढावस्थामा पनि रमजान महीनाभरि साैम (व्रत) काे पाबन्द थिए । उनी श्रीमतीसमेत हज्ज गर्न वि.सं. २०७४ मा साउदी अरबकाे मक्का गएका थिए ।

भुटहामा हिन्दू-मुस्लिमबीचकाे साैहार्द्र सम्बन्ध स्थापित गर्न उनी सदैव गम्भीर भए । उनले जहाँ मस्जिद निर्माणमा सहयाेग गरे त्यहीँ मन्दिर निर्माण पनि उनकाे प्राथमिकतामा रह्याे । भुटहा बजारकाे मन्दिर विवादमा उनकाे भूमिकालाई सकारात्मक रूपमा लिइएकाे छ । यही कारण थियाे कि उनी उम्मेद्वार भएका सवै निर्वाचनहरूमा उनलाई मुस्लिमझैँ हिन्दूहरूले पनि मत दिए । घरमा आएका गरीब, दुःखीलाई उनले सक्दाे सहयाेग गरे । ताहिर मियाँ राजनीतिक नेता मात्र थिएनन्, उनी सामाजिक अभियन्ता पनि थिए ।

उनी दिनहुँ स्नान गर्थे । स्नानपछि सलात अदा गर्न मस्जिद जान्थे । उनी सरल मिजासका थिए । उनमा छलकपट थिएन । जुन काम उनीबाट हुने खालकाे हुन्थ्याे, हुन्छ भन्थे; न हुने खालकाे कामकाे बारेमा उनले पहिले नै न हुने भनिदिन्थे । उनले कामकाे सिलसिलामा कसैलाई अल्झाएर राख्दैन थिए ।

छोरा-छोरीहरूलाई उनले पटक पटक उपदेश दिए, 'कसैसँग कहिल्यै गलत नगर्नू; तिमीहरूसँग पनि कहिल्यै गलत हुँदैन । तिमीहरूले कसैसँग केही लिएका छौ भने न लिएको कहिल्यै न भन्नू; लिएकाे स्वीकार गर्नू; बन्दाेबस्त गरेर फिर्ता दिनू ।' उनी समाज र परिवारमा उत्पन्न समस्याहरूलाई धैर्यतापूर्वक समाधान गर्ने काेशिस गर्थे; समाज र परिवारमा कहिल्यै कसैलाई गालीगलाै र कुटपीट गरेनन् । कसैले कुनै गलती गरेमा बसेर सम्झाइबुझाइ गर्थे; सवैलाई समान रूपले हेर्ने उनकाे स्वभाव थियाे । जीवनकाे उत्तरार्द्धमा उनी कुर्था-सुरुवाल र टाउकाेमा मुस्लिम संस्कृति झल्किने गाेलाे सेताे टाेपी लगाए । भुटहा बजारकाे स्थानीय संस्कृतिअनुसार चिया र पान खान्थे । साँझ-बिहान भुटहा बजारमा स्थानीयहरूसँग उठबस गर्थे ।

समग्रमा ताहिर मियाँ साक्षर मात्र भए पनि स्थानीय स्तरका एक जुझारु राजनीतिकर्मी, सामाजिक अभियन्ता र असल नागरिक थिए जसले सदैव सामाजिक सद्भाव र न्यायमा जाेड दिए । स्कुल-कलेजकाे शिक्षा मात्र सबै थाेक हाेइन झन् व्यवहारबाट बाँच्ने शैली सिक्न सकिन्छ भन्ने उनकाे जीवनकथाले भन्दछ ।

२०८० भदाै १२ गते मंगलवारका दिन बिहान सामाजिक सञ्जालमा एउटा अप्रिय उद्घाेष भयाे- "पूर्व प्रदेश सभा सदस्य ताहिर मियाँ रहेनन् ।" हाे, सुनसरी दक्षिण भेगकाे एउटा राजनीतिक हस्ती र सामाजिक सद्भावका त्याे अभियन्ता चीर निद्रामा सदाका लागि सुतिसकेका थिए । सामाजिक सञ्जालकाे यस खबरसँगै ताहिर मियाँकाे अन्तिम संस्कारका लागि जम्मा भएकाे भीडले उनकाे अपार लाेकप्रियतालाई प्रदर्शन गरिरहेकाे थियाे । ('काेशीमा मुस्लिम नेतृत्व विकास' नामक पुस्तककाे पाण्डुलिपिबाट साभार)

प्रतिक्रिया