सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । >
सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।>
>
सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।>
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच
सय दरको आठ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक अन्सारीलाई
नियन्त्रणमा लिइएको छ । प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत
खुलाउन नसकेका प्रहरीको भनाइ छ ।
>>