मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

चितवनका गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा

ATN khabar

चितवनका दुई पोथी गैँडा पुष्पा र अञ्जली बुधबारदेखि  कोशी टप्पुमा स्थानान्तरण गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो। पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग घोरमा राखेर कोशी टप्पु पुर्‍याइएको छ।  जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ ।

पानी सहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन् । कोशी टप्पु पुर्‍याइएका  पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन् । उनीहरु दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो ।

सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ ।

वंश बिस्तारको योजना अनुसार कोशी टप्पु पुर्‍याइएका दुई पोथी गैँडा प्रजनन योग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैँडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन् ।

पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरणमन्त्री डाक्टर महतो कोशी टप्पु पुगेका थिए।

उनले मानिस सँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशी टप्पु उपयुक्त बासस्थान भएको बताए।

मन्त्री महतोकाअनुसार आरक्षमा लगिएका दुई पोथी गैँडा वंश बिस्तारका लागि ल्याइएको हो । केही समयमै काठमाण्डौंबाट भाले गैंडा कोशी टप्पु ल्याइने समेत उनले जानकारी दिए। मन्त्री महतोले कोशी टप्पुलाई अर्नासँगै हात्ती र गैँडा अवलोकन समेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताए। उनले आरक्षमा छिट्टै बाघ समेत स्थानान्तरण गरी ल्याउने बताए। बाघ ल्याउन वातावरणीय अध्ययनको काम थालिएको बताए।

कोशी टप्पुबाट २०७३ सालमा अर्नाको वंश बिस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए । सोही क्रममा अर्नाको सट्टामा गैँडा दिइने बताइएको थियो । सोही अनुरुप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार