मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २० वैशाख २०८०
महाभ्रष्ट नै भ्रष्टाचारको विरुद्ध बोल्दा अनौठो लाग्छ, सबै भ्रष्टलाई कारबाही गर्छु : प्रचण्ड

ATN khabar

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी भ्रष्टहरूलाई कारबाही गर्ने बताउनुभएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छिट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताउनुभयो । अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताउनुभयो ।

उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुङ्गुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा भ्रष्ट तत्त्वहरू भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ । हामीले चुनावी घोषणापत्रमा एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरूको छानबिन सुरु गर्नेछौँ भनेर भनेका छौं । छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ । भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखी बनाउन आफूले विशेष ध्यान दिएको पनि बताउनुभयो । उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उहाँले त्यसका लागि आफू लडिराखेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले बहिर्गमित लडाकुहरूलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्‍याउनुभयो । अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले लडाकुहरूलाई राहत दिन लागे पनि स्याल हुइँय्या मच्याउन खोजिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार