काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । >
सिफारिस सूचीको पहिलो नम्बरमा भूपेन्द्र बहादुर खत्री छन् । सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।>
>
प्रहरी प्रधान कार्यालयमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो ।>
बढुवा समितिमा आइजिपी सदस्य र मानवश्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् ।>
>>