मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

अन्तरसंचार १६ माघ २०७९
भारतको ओडिशाका स्वास्थ्यमन्त्रीको प्रहरी असईबाटै गोली हानी हत्या

ATN khabar
ओडिशा । भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको प्रहरी अधिकारीबाटै गोली हानी हत्या भएको छ ।

ओडिशा । भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको प्रहरी अधिकारीबाटै गोली हानी हत्या भएको छ ।

प्रहरीका एक सहायक उपनिरिक्षक (असइ) ले मन्त्री दासको गोली हानी हत्या गरेका हुन् । छातीमा गोली लागेका दासको उपचारका क्रममा गएराति निधन भएको हो ।

आइतबार दिउँसो पूर्वी ओडिशाको ब्रज राजनगर सहरमा आयोजित एक कार्यक्रमा सहभागी हुन पुगेका दासमाथि गाडीबाट ओर्लिए लगत्तै असई गोपालकृष्ण दासले दुई राउण्ड गोली प्रहार गरेका थिए । मन्त्रीको स्वागत गर्न बसेका मानिसहरुले तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् । घाइते मन्त्रीलाई हेलिकोप्टरबाट अस्पताल पुर्‍याइएको थियो । शल्यक्रियापछि गोली निकालिए पनि उनलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

आक्रमणकारी असई बाइपोलर डिसअर्डरको बिरामी रहेको र उनले विगत आठ वर्षदेखि यसको उपचार गराइरहेको भारतीय समाचार समिति पीटीआईले जनाएको छ । मानसिक रोगी हुँदाहुँदै पनि उनी मन्त्रीको भ्रमणको सुरक्षा व्यवस्था प्रमुख रहेको र उनलाई सर्भिस रिभल्भर पनि उपलब्ध गराइएको विषयलाई लिएर प्रहरी विभागमाथि प्रश्न खडा भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले मन्त्री दासको निधनप्रति दु:ख व्यक्त गर्दै ट्वीट गरेका छन् । स्रोत: न्युज एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित समाचार