काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले १२ भाई भन्दै विभिन्न व्यक्तिविरुद्ध आरोप लगाएपछि अहिले एक एक गर्दै जवाफ दिन थालिएको छ ।>
यसबीच सर्वाधिक चर्चामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पनि जवाफ फर्काएका छन् । अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले लगाएका लाञ्छनाको पाँच बुँदामा जवाफ दिँदै आरोप प्रमाणित गर्न चुनौती पनि दिए ।>
उनले नेपालको नागरिकताबिना रवि सांसद र मन्त्री भएको पनि उनले उल्लेख गरेका छन् । सर्वोच्च अदालतबाट दोषी ठहर भइ पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुन: गृहमन्त्री बन्न नपाएको झोक पोखेको उनले बताएका छन् ।>
दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको तर्क पनि सिरोहियाले गरेका छन् । सभापति लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गरी सिरोहियासहित मिडिया सञ्चालक र पत्रकारहरूको नामै किटान गरी गम्भीर आरोप लगाएका थिए ।>
छोरामाथि लागेको आरोपबारे उनले भनेका छन्, ‘२०७२ मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा मेरा छोरा सम्भव सिरोहिया चढेको कार दुर्घटनामा परेको विषयलाई पनि लामिछानेले अतिरञ्जित ढंगबाट प्रस्तुत गर्नुभएको छ, मानौं–त्यहाँ कुनै ठूलै ‘काण्ड’ भएको थियो, जसलाई जबर्जस्ती लुकाउन खोजियो ! लामिछानेले चित्रण गरेझैं त्यो दुर्घटनामा परेको कारले न बाटोमा हिँडेका कुनै व्यक्तिलाई हिर्काएको थियो, न त अर्को कुनै गाडीलाई ठोक्काएको थियो ।’>
उनका अनुसार त्यहाँ उनको छोरा चढेको एक्लो गाडी दुर्घटनामा परेको थियो । कारमा रहेका एक नातेदारलाई सामान्य चोट लागेको कुरा पनि उनले जानकारी गराएका छन् । >>>