मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

अरफेन्स इन निड नेपालद्धारा ५१४ जना समावेशी सहित एकल महिलालाई खाद्यन्न समाग्री वितरण

ATN khabar

सुनसरी । ओरफेन्स इन निड नेपाल नामक संस्थाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकका आठ वटै वडा गरि ५ सय १४ घर परिवारलाई खाद्यान्न सामग्रीहसहित न्यानो कपडा वितरण गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित ओरफेन्स इन निड नेपालले एक कार्यक्रम आयोजना गरि ५ सय १४ घर परिवारलाई खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण गरेको हो ।

ओरफेन्स इन निड नेपालको पहलमा भोक्राहा नरसिंह गाउँपालिका भरिका अति विपन्न एकल महिलाहरुलाई खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण गरिएको कार्यक्रम संयोजक शमिम अन्सारीले बताएको हो ।

अन्सारीका अनुसार खाद्यान्न सामग्रीहमा चामल २० किलो, चिउरा ५ किलो, भुजा ४ किलो, चिनी २ किलो, चियापति ५ सय ग्राम, चना २ किलो, मसुर दाल २ किलो, सोयाबिन ५ सय ग्राम, खाने तेल २ लिटर, धनिया धुलो ५ सय ग्राम, खुर्सानि धुलो ५ सय ग्राम, बेसार धुलो ५ सय ग्राम, नुन २ किलो, सर्फ १ किलो, लुगाधुने साबुन ४ थान, नुहाउने साबुन ४ थान र न्यानो बलैंकेट १ थान वितरण गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अथिति सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट निर्वाचित कोशी प्रदेशका सांसद हाजि डा. इस्राईल मंसुरीले खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ओरफेन्स इन नीड नेपाल संस्थाले यस पालिकामा वर्षमा दुई चोटि अति विपन्न एकल महिलाहरुलाई खाद्यान्न सामग्रीह र न्यानो कपडा वितरण गरेकोमा आउने दिनमा थप सहयोग गर्ने अपिल समेत गरेका थिए।

आयोजक र सहयोगी संस्थालाई सांसद मंसुरीले धन्यवाद दिदै जनताको दुःख सुखमा साथ दिदै आएको बताए । संस्थाले पुर्याएको योगदानलाई उच्च मुल्यांङ्कन गर्दै जनताको आवश्यक खाद्यान्न सामग्रीह र न्यानो कपडा दिएकोमा सहज भएको बताए ।

कार्यक्रममा प्रहरी चौकी चिरौलीका सैई तारा गौतम, नेपाली काँग्रेस भोक्राहा नरसिंह(६ का वडा सभापति जमालुद्दिन मन्सुरी, समाजसेवी इशा अन्सारी, ओरफैन्स इन नीड नेपालका अध्यक्ष वाजुद्दीन अन्सारी, कार्यक्रम संयोजक शमिम अन्सारी र स्थानीयवासीहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार