>
नयाँदिल्ली । भारतमा कोरोना सङ्क्रमितको ग्राफ निकै उकालो लागेको छ । संक्रिमितको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा मृत्यु हुनेको संख्यामा पनि बढोत्तरी भएको छ । यसको फैलावटका कारण सरकारले अधिक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । यसको असर नेपालमा समेत पर्न शुरु भई सकेको छ ।>
भारतबाट आउनेहरुमा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिमका संक्रमितलाई निगरानीमा राखिएको छ । नाकाहरुमा स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ । सरकारले सावधानी अपनाउन नेपालीलाई पनि आह्वान गरेको छ । कतिपयलाई काठमाडौस्थित टेकु अस्पतालमा उपचार र निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।>
पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ सङ्क्रमित थपिएका छन् भने सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।>
स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।>
>>