मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

कला शिक्षा साहित्य ७ अशोज २०८०
अरनिको विद्यालयका साहको ‘अरबको खजुर’ कविता प्रथम

ATN khabar

विराटनगर / विराटनगर–१० स्थित अरनिको आवासीय माविले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा सुवास साहले प्रथम स्थान हासिल गरेका छन् ।
तीन दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘अरबको खजुर’ शीर्षकको कविता वाचन गरेर साहले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै ‘युवा बनौं कि नबनौं’ कविता वाचन गरे अनुक्रम काफ्ले द्वितीय, ‘नफर्किने बाल्यकाल’ कविता वाचन गरेर करुणा चौधरी तृतीय र ‘मलाई म नै रहन देऊ न’ शीर्षकको कविता वाचन गरेर प्राप्ति अधिकारीले सान्त्वना स्थान हासिल गरे ।
त्यस्तै अंग्रेजी भाषातर्फको कविता वाचन गर्ने मुनाकिरण सापकोटा प्रथम, इशान लोहनी द्वितीय र रामकृष्ण मेहता तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत गुरागाईं बर्बरिकको निर्णायक समितिले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई निर्णायकद्वय नवोदित र बर्बरिकसहित विद्यालयका सञ्चालक भरतराज दाहाल, विलाश लुइँटेल, योगेश राजभण्डारीलगायतले शिल्ड, प्रमाणपत्र र  पुरस्कार प्रदान गर्नुभएको थियो ।
विज्ञान संकायको ११ र १२ कक्षामा अध्ययनरत १ हजार ९ सय विद्यार्थीमध्येबाट कविता वाचन गर्न इच्छुक विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिता गराइएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिनुभयो । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यक्रम पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्यले विद्यालयले बेलाबेला कविता, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलालगायतका प्रतियोगिताहरु सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार